Wednesday, 6 June 2012

मृगतृष्णा






केही खोजि रहेछु , क्षितिजमा
हराए झैँ लाग्छ कता कता
समाउन खोज्छु आसाको त्यान्द्रो
कम्जोर छ त्यो टुटेर जान्छ
आत्तिंछ मन हतासमा
एक्लो नै त छु आखिरिमा 
यो जीबन रुपी महासागर

को आफ्नो को पराया
एक्लै  आयौं ,  एक्लै जानु छ
साथ मा छन् त परमात्मा एक
अनि किन मात्तिनु कसैको साथ पाउँदैमा
अनि किन आतिनु कसैले साथ छोड्दैमा
दुइपल्को यो जिन्दगि हो
कहिले छोड्छ यो प्राण पखेरु

हामी त सबै यात्री हौँ
डुंगामा सयर गर्दै यो महासागरमा
आउने जाने त हुँदै गर्छ
साथ पराया बन्दै गर्छ
न बिछोडमा रुनु न संगम मा हास्नु.
जीबन दर्शन येही हो बुझ्नु
तैपनि यो अबुझ मन
सधै केहि खोजि रहन्छ
मृगतृष्णा हो मेरो जीबन
सायद मृगतृष्णा नै रह्यो ....


No comments:

Post a Comment